ललितपुर प्रहरीले सार्वजनीक गर्‍यो तीनबर्षे मुद्दाको विवरण

| 2018 Jul 20 | 05:19 pm 3833

काठमाडौं, साउन ४ : महानगरीय प्रहरी परीसर ललितपुरले शुक्रबार पत्रकार सम्मेलन गरी २०७२/०७३ देखि २०७४/०७५ सम्मको मुद्दा दर्ता अपराध सम्बन्धी तालिका सार्वजनीक गरेको छ । परीसरका प्रहरी उपरीक्षक शेखर खनालले प्रश्तुत गरेको विवरण अनुसार आर्थिक बर्ष २०७२/०७३ मा ९ सय चार मुद्दा दर्ता भएका थिए ।

त्यसैगरी २०७३/०७४ मा ८ सय ५८ र आ व २०७४/०७५ मा ९४५ मुद्दा दर्ता भएको बताइएको छ । जस मध्ये २०७४/०७५ मा कर्तव्य ज्यान अन्तर्गत ३ मुद्दा दर्ता भएका छन् भने सबै भन्दा बढी केही सार्वजनीक अपराध अन्तर्गत ४ सय ४६ दर्ता भएका छन् ।

जवरजस्ती करणीमा २१ मुद्दा दर्ता भएका छन् भने जनक उद्योगमा १६ मुद्दा दर्ता भएको उपरीक्षक खनालले बताएका छन् । जम्मा ९ सय ४५ मुद्दा दर्ता मध्ये पक्राउ परेका प्रतिवादी १ हजार १ सय ५६ रहेका छन् । विस्तृत विवरण तल हेर्नुहोस्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.