ललितपुर प्रहरीद्वारा तीन उत्कृष्ठ प्रहरी पुरस्कृत

रिपोर्ट नेपाल | 2018 Jul 23 | 08:25 pm 1781

काठमाडौं, साउन ७ : महानगरीय प्रहरी परीसर ललितपुरले आफ्ना तीन जना कर्मचारीलाई उत्कृष्ठ कार्य गरे बापत पुरस्कृत गरेको छ ।

परीसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक गणेश ऐरका अनुसार अपराध अनुसन्धान, जनमैत्री सामाजिक चेतनामुलक कार्यक्रम र प्रहरी परिचालन तथा शान्ति सुरक्षामा उत्कृष्ठ कार्य गर्ने तीन जना कर्मचारीलाई हरेक महिना जनही बीस हजार प्रदान गर्ने लक्ष्य रहेको बताए ।

यसरी असार महिनामा पुरस्कृत हुनेमा अपराध अनुसन्धान र कार्वाही उत्कृष्ठ गरे बापत प्रहरी निरीक्षक खुमलाल भुसाल पुरस्कृत भएका छन् भने जनमैत्री सामाजिक चेतनामुलक अभियान अन्तर्गत प्रहरी निरीक्षक चञ्चला श्रेष्ठ पुरस्कृत भएकी छन् ।

प्रहरी परिचालन र शान्ति सुरक्षा तर्फ प्रहरी सहायक निरीक्षक मिन बहादुर तामाङ पुरस्कृत भएको परीसरले जनाएको छ । पुरस्कारका लागि सिटिजन्स बैंकले परीसरसँग सम्झौता गरी बार्षिक सात लाख बीस हजार अक्षय कोष स्थापना गरीदिएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.