काठमाडाैं, असोज १५ । हस्तकला, उद्योग र व्यापारको केन्द्रको रुपमा रहेको ललितपुर जिल्लाको उद्द्योग वाणिज्य संघको आसन्न निर्वाचनको सरगर्मी बढिरहेको बेला जीतहारका अनुमानहरुले पनि बजार पिटिरहेका छन् |
यसैबीच चुनाबी मैदानमा देखिएका तीन प्यानलहरुले आआफुलाई जीतको दाबेदार प्रश्तुत गरिरहेको भएतापनि रुपकमान महर्जन समूहको जीत पक्का रहेको उद्द्योगी व्यवशायीहरुले बताउने गरेका छन् | एकातिर रुपकमान महर्जनको सक्षम, मिलनसार, समन्वाकारी र सुझबुझपुर्ण व्यक्तित्व, अर्कोतिर उनको प्यानलका सक्षम र लोकप्रीय उम्मेदवारहरुको सन्तुलित मिश्रण ! त्यसमाथि योजनाबद्द प्रचार अभियान, टीमका सदस्यहरुको लगाब, समाजका विभिन्न निकाय, बुद्धिजीवी वर्ग र राष्ट्रिय पहिचान सहितका सामाजिक व्यक्तित्वहरुको विश्वास र साथपनि यही समूहलाइ रहेका कारणपनि जीत सुनिश्चित जस्तै देखिएको छ |
रुपकमान महर्जनसंग भएको दृष्टिकोण, योजना, कार्यदक्षता र नेत्रित्वक्षमताले उनको टीमको जीतको आधार सबल बनाएको बताइन्छ | व्यापार र उद्योगमैत्री वातावरण निर्माण गर्न र सबै तह र तप्काका उद्दमीहरुको हकहितमा स्पष्ट सोच र अडानकासाथ उभिन सक्ने र हरेक समस्याको रणनैतिक र सुझबुझपुर्ण निकास निकाल्न सक्ने क्षमताका कारण पनि प्रतिष्पर्धाको दौडमा उनी र उनको प्यानल अगाडी देखिएको छ |
ललितपुर उद्योग वाणिज्य संघलाइ एउटा जीवन्त, उर्जाशील र परिणाममुखी संगठनको रुपमा बिकास गरेर राष्ट्रिय, अन्तराष्ट्रिय सहकार्य प्रबर्द्दन गरी उद्योगी व्यवशायीहरुकालागी सम्भावनाहरुका र अवशरहरुका ढोका खोल्ने प्रतिबद्ताका कारणपनि उनको समुह जीतको नजीक रहेको छ |