ललितपुरको डाउनटाउन अपार्टमेन्टमा प्रहरीको छापा, ८ लाख नगदसहित १२ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 08 | 04:42 pm 2026

काठमाडौं, साउन २३ :  प्रहरीले ललितपुरको धापाखेलमा रहेको एक अपार्टमेन्टबाट ८ लाख नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका २३ स्थित धापाखेलको डाउनटाउन अपार्टमेन्टमा बुधबार राति छापा पारेको हो ।

अपार्टमेन्टको ५१० नम्बरमा कौडा खेल्दै गर्दा १२ जना पक्राउ परेको हुन् । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८ लाख ४० हजार नगद, कौडा, एक सेट पासा र एक बुक तास समेत बरामद गरेको छ ।

उक्त अपार्टमेन्ट रञ्जित महर्जन नाम गरेका व्यक्तिको रहेको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.