लमहीको एक घर आगलागी हुँदा लाखौं धनमाल क्षति

रिपोर्ट नेपाल | 2019 Nov 06 | 10:09 am 1512

दाङ, कात्तिक २०: गए राति दाङ लमही नगरपालिका वडा नं ८ स्थित एक घरमा आगलागी भएको छ । आगलागी स्थानीय अमृत बोहराको घरमा भएको हो ।

राति करिब ९ बजेर १४ मिनेटको समयमा अचानक भान्सा घरमा सिलिण्डर ग्यास पट्कदा भान्सा, बाख्रागोठ, नजिकै थुपारी राखेको परालमा आगलागी भएको प्रहरीले जानकारी दिए ।

उक्त आगलागी प्रहरी, दमकल र स्थानियको सहयोगमा १०ः ४५ मा नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै मानवीय तथा चौपाय क्षति नभएको लत्ताकपडा, अन्नपात, भाडावर्तन काठपात गरी २ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.