लमनपा ६ मा काेठा छाेडी घर गएका र बिदेशबाट फर्केकालाई प्रवेश निषेध

रिपोर्ट नेपाल | 2020 May 14 | 03:07 pm 2130

ललितपुर, जेठ १ः ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा अन्य जिल्ला वा विदेशबाट फर्किएका जाे काेही व्यक्तिरुलाई वडामा प्रवेश निषेध गरिएको छ ।

उक्त वडा अध्यक्ष हिटलर शाक्यले बिहीबार एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

सूचनामा वडा अध्यक्ष शाक्यले विदेशबाट फर्किएका व्यक्ति र विभिन्न कारणले घर गएका भाडावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गर्न गराउन आग्रह गरेका छन् ।

वडाका घरधनीहरुले सूचना लुकाई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शिल गर्ने तथा क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नुपर्ने बताइएको छ । त्यस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.