लमजुङमा भूकम्पको धक्का

रिपोर्ट नेपाल | 2019 Jan 13 | 07:00 pm 1732

लमजुङ, पुस २९ :  लमजुङमा आज अपराह्न ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बेंसीशहरमा छोटो तर कडा झड्का महसुुस भएको थियो भने उत्तरी लमजुङको बाहुनडाँडादेखि दक्षिणको सुन्दरबजार नगरपालिकासम्म भूकम्पको धक्का महसुुस भएको स्थानीयवासीले बताएका छन् ।

यसअघि गत २५ गते साँझ ७ बजेर ४९ मिनेटको समयमा सदरमुकाम बेंसीशहर नजिकै केन्द्रबिन्दु बनाएर तीन म्याग्निच्यूडको भूकम्प गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.