लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु

| 2022 May 29 | 06:31 pm 1441

लमजुङ, जेठ १५ः  लमजुङको मध्यनेपाल नगरपालिका ७ कोइलिनेमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। कल्याङबेंसीबाट रामबजारतर्फ आउँदै गरेको बा ४ ख ७७८१ नम्बरको टिपर कोइलिनेमा दुर्घटना भएको प्रहरीले जनाएको छ।   आइतबार दिउँसो अन्दाजी ३ बजेतिर दुर्घटना हुँदा चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो। मृत्यु हुने मध्यपहाडी लोकमार्गमा कार्यरत कामदार छन्।
मृत्यु हुनेमा चालक धादिङको गजुरी नगरपालिका ६ का २६ वर्षीय आकाश घिमिरे रहेका छन्। टिपरले च्यापिएका अन्य तीन जनाको सनाखत हुन सकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.