लमजुङका नेता पोखरामा पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 25 | 10:08 am 2400

कास्की असार १०ः सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्र विक्रम चन्द (विप्लव) समूहका लमजुङका सेक्रेटरीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार लमजुङका सेक्रेटरी विनोद सोनामलाई पोखरा महानगरपालिका वडा नं. ४ को सिद्धचोकबाट पक्राउ गरीएको हो । सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या पछि गरीएको नेपाल बन्दको पूर्व सन्ध्यामा सोनामलाई पक्राउ गरिएको हो । उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.