लमजुङ, साउन ८: लमजुङकाे दुर्दी खाेलामा आएकाे बाढीले खाेला आसापासमा रहेकाे केही घरहरू बगाएकाे छ । खाेलामा आएकाे बाढीले बगाएर तीन जनाकाे मृत्यु भएकाे छ भने ८ जना बेपत्ता भएकाे आशंका गरिएकाे स्थानीय प्रहरीले बताए । उक्त घटनाकाे विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ ।
उता गुल्मीकाे सत्यवती गाउँपालिकामा पहिराेले पुरिएर बेपत्त भएका थप दुई जनाकाे शव फेला परेकाे प्रहरीले जानकारी दिए । फेला पर्नेमा बबी बिक र सुमन बिक रहेकाे बताइएकाे छ । समाचार अपडेट