लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Apr 27 | 05:31 pm 1225

सुनसरी, बैशाख १४ः जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला ईलाकाबाट सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाईकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.