लगानी सम्मेलन स्वागत योग्य भएको नेता महतको भनाई

रिपोर्ट नेपाल | 2019 Mar 22 | 07:23 am 1972

काठमाडौं, चैत्र ८ : सरकारले विभिन्न देशको उपस्थितिमा काठमाडौंमा लगानी सम्मेलन गर्ने घोषणा गरेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले सम्मेलन स्वागत योग्य भए पनि आवश्यक छलफल बिना हुन लागेको टिप्पणी गरेका छन् ।

डा महतले मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक छ, त्यसैले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य भएको बताएका छन् ।

नेता महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको बताउँदै गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान सुरु गरी उदार आर्थिक नीति ल्याएको बताए ।

उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे ।

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरु पूरा गर्नुपर्ने उनको सुझाव थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.