लकडाउन भए पश्चात कानुनी अड्चनलाई हटाउन सर्वोच्चले जेठ ११ गते निर्णय गर्ने

| 2020 May 19 | 07:56 am 1983

काठमाडाैं, जेठ ६ कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गरिएका कारण उत्पन्न भएको कानुनी अड्चनलाई हटाउन सर्वोच्च अदालतले यही जेठ ११ गते निर्णय गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मा सम्मिलित बृहत् पूर्ण इजलासले यही जेठ ११ गते निर्णय गर्ने निर्णय गरेको हो ।

मुलुकमा लकडाउन भएपछि हदम्याद, म्याद, तारेखलगायतका विषयमा गम्भीररूपमा अन्योल देखिएको छ । यस्ता विषयलाई के–कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न बृहत् पूर्ण इजलास गठन सोमबार छलफल भएको हो ।

लकडाउन लगाइएका कारण कतिपय सेवाग्राही अदालत जान नपाएर उनीहरूको म्याद तथा हदम्याद गुज्रिएको छ । यस्तो अवस्थामा सेवाग्राहीलाई के–कसरी न्याय दिन सकिन्छ भनेर उक्त इजलासमा छलफल भएको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.