लकडाउन उलंघन गर्ने केही व्यक्ति र सवारी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 12 | 05:14 pm 2647

दाङ, चैत ३०ः संसारभर फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण हुन नदिन र राेकथामाका लागि सरकारले मुलुकभर गरेकाे  लकडाउनकाे अवज्ञा गर्ने व्यक्ति र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

आइतबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पातु खाेलामा लकडाउन उलंघन गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उलंघन गरेकाे अभियाेगमा नियन्त्रित हुनेमा शान्तिनगर गाउँपालिका वडा नं. २ का २३ वर्षीय दिनेश भण्डारी, बबई गाउँपालिका ६ का १९ वर्षीय दिलबहादुर डाँगी, तुलसीपुर उमनपा १० का २५ वर्षीय कुमार बस्नेत र ३२ वर्षीय रनदिप न्याैपाने रहेका छन् ।

उनीहरूलाई प्रहरीले सम्झाई बुझाई गर्दा समेत नमानेपछि संक्रामक राेग ऐन २०२० अन्तरगतकाे मुद्दा दर्ता गरी थप नुसन्धान भइरहेकाे बताइएकाे छ ।

त्यसैगरी लकडाउनकाे उलंघन गर्ने सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा पर्ने मध्ये जेसिवी १ वटा, टिपर ५ वटा र माेटरसाइकल १ वटा जम्मा ७ वटा सवारीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

उक्त मानिस र सवारीलाईप्रहरीले आज दिउँसाे १ बजेक समय भित्र नियन्त्रणमा लिएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.