लकडाउन अवज्ञा गर्ने १५ जना मानिस र ८० सवारी दाङ प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 12 | 11:13 pm 2227

दाङ, चैत ३०ः विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस  (काेभिड १९) नेपालमा पनि फेला परेपछि त्यसकाे संक्रमण नियन्त्रणका लागि सरकारले मुलुकभर गरेकाे लकडाउनकाे उलंघन गर्ने मानिस र सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नियन्त्रणमा लिएका मानिसहरूमा १२ जना पुरूषा र ३ जना महिला रहेका छन् । उनीहरूलाई केही समय हाेल्डमा राखी सम्झाई बुझाई पठाइएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

त्यसैगरी लकडाउन उलंघन गरी चलाइएका सवारी सधानहरूमा माेटरसाइकल ७४ वटा र स्कुटर ६ वटा गरी जम्मा ८० सवारीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएकाे बताइएकाे छ ।

यस लकडाउ काेराेना संक्रमण नियन्त्रणका लागि एकदमै महत्वपूर्ण भूमिका रहने भएकाले यस सूचनालाई पालना गरिदिनुहुन सम्पूर्ण आम नागरिकलाई हार्दिक अनुराेध गरिएकाे छ  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.