दाङ, चैत १७: विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा यसको संक्रमण फैलन नदिन तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको लकडाउनको सूचनालाई अवज्ञा गरी चलाइएको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसरी नियन्त्रण लिनेमा जीप २ वटा, अटो १ वटा, मोटरसाइकल ९ वटा र स्कुटर १ वटा गरी जम्मा १३ वटा सवारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
यसका साथै कोरोना भाइरस संक्रमण रोक्नका लागि अत्यन्तै जरुरी एवम् आवश्यक भएको हुँदा लकडाउन अवधिभरका लागि सूचनाको पालना गरिदिन समेत अनुरोध गरेका छन् ।