लकडाउन अवज्ञा गर्ने व्यक्ति र सवारी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 11 | 10:53 pm 2488

दाङ, चैत २९ः काेराेना भाइरसकाे संक्रमण फैलन नदिन र नियन्त्रणमा राख्नका लागि सरकारले मुलुकभर गरेकाे लकडाउनकाे अवज्ञा गर्ने केही मानिस र सवारी साधनलाइ दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

नियन्त्रणमा लिएका १३ जना व्यक्ति मध्ये १२ पुरूष र १ महिला रहेका छन् । त्यसैगरी नियन्त्रणमा लिएका सवारीहरूमा ट्याक्टर १ वटा, माेटरसाइकल ३० वटा र ३ वटा स्कुटर गरी जम्मा ३४ वटा सवारी नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

लकडाउनकाे अवज्ञा गर्ने मानिसहरूलाइ प्रहरीले हाेल्डमा राखी सम्झाइ बुझाइ छाडिएकाे जनाइएकाे छ । साथै, काेराेना भाइरस संक्रमण हुन नदिन लकडाउने महत्वपूर्ण भूमिका खेल्ने भएका कारणले यस अवधिभर सूचनाकाे पालना गरिदिनुहुन हार्दिक अनुराेध पनि गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.