लकडाउने उलंघन गर्ने मानिस तथा सवारी नियन्त्रण

रिपोर्ट नेपाल | 2020 Apr 08 | 09:59 pm 1769

दाङ, चैत २६ः विश्वभर फैलिएकाे काेराेना भाइरस (काेभिड १९) नेपालमा पनि फेला परेका कारण सरकारले मुलुकलाई लकडाउन गरेकाे अवस्थामा उक्त नियम उलंघन गर्ने केही व्यक्ति तथा सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

उलंघन गरी नियन्त्रणमा परेकाे व्यक्तिहरू मध्ये १३ पुरूष र ८ महिला रहेका छन् । त्यसैगरी सवारी साधन मध्ये ट्याक्टर १ वटा, ट्रक/टिपर १ वटा, कार/जीप १ वटा, माेटरसाइकल २६ वटा र स्कुटर ५ वटा गरी जम्मा ४३ वटा सवारीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

लकडाउनकाे उलंघन गरी हिडडुल गर्ने व्यक्तिहरूलाई केही समय हाेल्डमा राखी सम्झाई बुझाई उनीहरलाई छाेडिएकाे प्रहरीले जनाएकाे छ ।

महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस नियन्त्रणका लागि यस लकडाउन महत्वपूर्ण भएकाेले लकडाउन अवधिभर सूचनाकाे पालना गरिदिनका हार्दिक अनुराेध गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.