काठमाडाैं, बैशाख २४ः बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । यसअघि घोषित लकडाउन वैशाख २५ सम्मका लागि निर्णय गरेकाे थियाे ।
सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लगाएको लकडाउन बुधबार ४४ दिन पुगेको छ ।
मंगलबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नेपालमा पनि देखिएको छ। हालसम्म नेपालमा ८२ जनामा संक्रमण देखिएको छ भने १६ जना निको भएर घर फर्किएका छन्।