दाङ, चैत १८: विश्वभर फैलिएकाे काेराेनाकाे संक्रमण नेपालमा फैलिन नदिन सरकारले मुलुकभर गरेकाे लकडाउनकाे अवज्ञा गर्ने सवारी साधन प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
नियन्त्रणमा परेका सवारी मध्ये माेटरसाइकल ९१ वटा र स्कुटर २० वटा गरी जम्मा १ सय ११ वटा सवारीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
साथै, यस लकडाउनले काेराेना भाइरस (काेभिड १९) संक्रमण हुनबाट जाेगिनका लागि एकदमै महत्वपूर्ण भूमिका खेल्ने भएका कारणले लकडाउनकाे अवधिभर सूचनाकाे पालना गरिदिनका लागि हार्दिक अनुराेध समेत गरिएकाे छ ।