रौतामाई गाउँपालिका–८ मा धारिलाे हतियार प्रहार गरी श्रीमतीकाे हत्या

| 2020 May 25 | 02:04 pm 2601

उदयपुर, जेठ १२ः गएराति रौतामाई गाउँपालिका–८ मा श्रीमानले श्रीमतीलाई धारिलाे हतियार खुकुरी प्रहार गरी हत्या गरेका छन् । हत्या हुनेमा वडा नम्बर ८ झिरुडाँडाका ४३ वर्षीया नेप्टिमाया भनिने दिलमाया तामाङ रहेकी छन् ।

उनीलाई आफ्नै श्रीमान ५२ वर्षीय विष्णु तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएकाे हाे । श्रीमान विष्णुले मादक पदार्थ सेवन गरेर गएराती करिब २ बजे नेप्टिामायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

आफ्नै श्रीमतीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको थाहा पाए लगत्तै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उक्त घटनाकाे खबर पाउनासाथ प्रहरी चौकी सुकौरा र ईलाका प्रहरी कार्यालय रौतामाई गाउँपालिकाबाट खटेका प्रहरी टोलीले श्रीमान विष्णुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान टोली घटनास्थल पुगेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरूकाे दुई छोरा र दुई छोरी रहेको स्थानीयको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.