उदयपुरकाे रौतामाई गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरेन्द्रकुमार मगर विजयी

| 2022 May 17 | 07:32 am 1861

उदयपुर, जेठ ३: उदयपुरको रौतामाई गाउँपालिकाकाे अध्यक्षमा गठबन्धनकाे तर्फबाट नेकपा माओवादीका उम्मेदवार वीरेन्द्रकुमार मगर विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई पछि पार्दै  विजयी भएका हुन् ।

विजयी मगरले थापालाई ८ सय ४२ मत अन्तरले पछि पारेर अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले ४ हजार १ सय ८८ मत ल्याए भने थापाले ३ हजार ३ सय ४६ मत पाएका थिए । ०७४ काे निर्वाचनमा मगर १ सय २६ मतले एमाले उम्मेदवारसँग पराजित भएका थिए ।

त्यसैगरी उपाध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका भुपेन्द्र थापा विजयी भएका छन् । थापाले ३ हजार ३ सय ६९ मत प्राप्त गरेका थिए भने, उनका प्रतिद्वन्दी एमालेकी कुमारी ठकुरीले ३ हजार ९३ मत पाएका थिइन् । थापा २०७४ काे निर्वाचनमा अध्यक्ष पदमा तेस्रो मत ल्याएर पराजित भएका थिए ।

८ वट वडा रहेको रौतामाईमा नेकपा एमालेले ५ वडा जितेको छ भने गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले १ वडा जितेको छ । एमालेबाट वडा नं. १,२, ३,५ र ७ मा क्रमश रुद्र कार्की, होमबहादुर दाहाल, दिपेन्द्र दाहाल, पाण्डोव राई र मनोज रानामगर विजयी भएका छन् । त्यसैगरी गठबन्धनबाट नेपाली कांग्रेसबाट वडा नं. ४ मा रवि खत्री, ८ मा घमानसिंह मगर र माओवादीबाट वडा नं. ६ मा पृथ्वी राई विजयी भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.