रौटहत, भदौ १० : रौतहटमा डुंगा दुर्घटनामा बेपत्ता भएका पाँच जनामध्ये दुईजनाको शव भेटिएको छ । भारतको विहार जिल्लास्थित जमुवाघाट नजिकबाट ती शव फेला परेको हो ।
मृत्यु हुने दुवैको पहिचान खुलेको छ, जसमा गौर नगरपालिकाका–४ का ६५ वर्षीय शान्ति देवी शाह र औरहियाकी ३५ वर्षीय रुनादेवी पटेल रहेका छन् । दुर्घटनामा हराइरहेका तीनजना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार इन्दुदेवी पटेल, उश्मा पटेल, ओमप्रकाश चन्द्रवंशी अझै बेपत्ता छन् ।