रौतहट, मंसिर २१: जिल्लाको एक इँटाभट्टामा प्रेसरकुकर बम फेला परेको छ। राजपुर नगरपालिका ७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको हो।
उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।
इँटाभट्टामा काम गर्न जाँदा कामदारले बम देखेपछि प्रहरीलाई तुरुन्त खबर गरेका थिए। सो बम सेनाले करिब १ बजेतिर बमलाई निष्क्रिय पारेको प्रहरीले बताए।
उक्त इँटाभट्टाका संचालक विनोदप्रताव जैसवालले भने आफूलाई अज्ञात व्यक्तिबाट बेलाबेलामा धम्की आउने गरेको बताए। बम अज्ञात समूहले राखेको प्रहरीले बताए। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।