रोहित चन्द इन्डोनेसियामा वर्षको उत्‍कृष्ट खेलाडी घोषित

रिपोर्ट नेपाल | 2018 Dec 10 | 07:34 am 2301

काठमाडौं, मंसिर २४ : रोहित चन्द सार्क क्षेत्रभन्दा बाहिरी देशमा उपाधि जित्ने पहिलो नेपाली फुटबल खेलाडी बनेका छन् । यसअघि गोलकिपर किरण चेम्जोङले विदेशी भूमिमा उपाधि जिते पनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए ।

रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजनमा २१ खेल खेल्दा तीन गोल गरेका थिए । नेपाली मिडफिल्डर रोहित चन्दको टिम पर्सिजाले इन्डोनेसिया फुटबल लिग वन को उपाधि जितेको छ । जसमा रोहित लिगको मोष्ट भ्यालुयवल खेलाडी बने ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहदै उपाधि जित्यो । पर्सिजाको जितमा सिमिसले दुई गोल गरे । जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.