रोनाल्डोमाथि बलात्कारको आरोप

रिपोर्ट नेपाल | 2018 Oct 01 | 03:38 pm 1780

काठमाडौँ, असोज १५ : स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोमाथि बलात्कारको आरोप लागेको छ । अमेरिकी महिला काथ्रिन मयोर्गाले सन् २००९ मा लस भेगासको एक होटलमा रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् ।

ती महिलाले उक्त घटनापछि रोनाल्डोले आफूसँग माफी मागेको पनि बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोनाल्डोले ति महिलालाई ३ लाख ७५ हजार डलर क्षतिपूर्ति दिने गरि सहमति जनाएको पनि दावि गरिएको छ । तर रोनाल्डोले भने उक्त आरोप निराधार रहेको जनाएका छन् ।

रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै आफूमाथि लागएको आरोप झुटो भएको बताएका छन् । उनले आफ्नो लोकप्रियता र ख्यातीलाई देखेर यस्ता आरोप लगाएर ‘चर्चित’ हुन खोजेको प्रष्ट पारेका छन् । उनले भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’

रोनाल्डोका वकिलले आरोप सम्बन्धी झुठो खबर पहिलो पटक प्रकाशित गर्ने जर्मन म्यागजिन डेर स्पिइगल विरुद्ध मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.