रोकी राखेको ट्र्याक्टरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 24 | 05:51 pm 4104

राजविराज, १० असार : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आज मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज कटेल रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार ४० वर्षीय लालबहादुर तामाङ घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा पठाइएको छ ।

पूर्व–पश्चिम राजमार्गमा स १ त ४४९३ नं को रोकी राखेको ट्र्याक्टरमा कटेल सवार अनटेस्ट लेखिएको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.