रोकिएन उच्च हिमाली जिल्लामा हिमपात

| 2019 Feb 21 | 01:09 pm 2354

हुम्ला, फागुन ९  : उच्च हिमाली जिल्लाहरुमा आज (बिहिबार) फेरि हिमपात भएको छ । गत कात्तिक १८ गतेबाट हिमपात हुन शुरू भएको हुम्लामा पुस महीनाको मध्यदेखि फागुनसम्म निरन्तरको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ ।

त्यस्तै अन्य हिमाली जिल्लाहरुमा पनि गत माघ महीनामा परेको भारी हिउँ पग्लिन नपाउँदै बिहीबारबाट फेरि हिउँ पर्न थालेको छ । आज बिहान निरन्तर परेको हिउँ करीब चार इन्च जमिसकेको छ । हिमपातका कारण त्यस क्षेत्रमा चिसो बढ्दै गएको छ ।

जिल्लामा भारी हिमपातले गर्दा नाम्खा गाउँपालिकामा रहेको नमस्ते टेलिफोन टावर बिग्रँदा एक महीनादेखि संचालनमा आएको छैन । मर्मत नहुँदा टेलिफोन गर्न नपाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले जानकारी दिए ।

त्यस क्षेत्रका स्थानीयले नमस्ते, स्काइ टेलिफोन सेवाले काम नगर्दा जिल्ला बाहिर रहेका आफन्तसँग कुरा कानी गर्नलाई समस्या भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.