रोकिएको विपी साहित्य महोत्सव असोज ३ मा हुने

| 2023 Sep 18 | 03:07 pm 1801

काठमाडाैं, असोज १ । संविधान सभाका अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष शुभाषचन्द्र नेम्बाङ्गको निधन पछि रोकिएको वीपी साहित्य महोत्सव असोज ३ गते हुने भएको छ ।

नेपाली कांग्रेस सूचना संचार तथा प्रचार विभाग प्रमुख मिन बहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तीका अनुसार २६ गते रोकिएको कार्यक्रम संविधान दिवसको अवसरमा ३ गते गर्न लागिएको हो ।

विज्ञप्तीमा भाद्र २४ र २५ को कार्यक्रममा जस्तै असोज ३ गते हुने ऐतिहासिक वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रममा सहभागी भइदिन साहित्यकार सामाजिक सांस्कृतिक क्षेत्रमा रुची राख्नेलाई आग्रह गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.