रैथाने बाली संरक्षणमा नगरपालिका

रिपोर्ट नेपाल | 2023 Mar 20 | 07:44 am 569

दैलेख, चैत ६ः दैलेख जिल्लाको नारायण नगरपालिकाले रैथाने बाली संरक्षण अभियान सञ्चालन गरेको छ । कर्णाली प्रदेशले अर्गानिक प्रदेश बनाउने निर्णयअनुसार नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियान सञ्चालन गरेको हो ।

नारायण नगरपालिकाको कृषि शाखाले रैथाने बालीको संरक्षण अभियानअन्तर्गत सार्वजनिक क्षेत्रमा खाद्य परिकार प्रदर्शनी कार्यक्रम आयोजना गरेको थियो ।

कृषि शाखा प्रमुख खेमराज शर्माले रैथाने बाली संरक्षणका लागि नगरपालिकाले विविध कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनले रैथाने बाली संरक्षण गर्न परिकार बनाएर प्रदर्शन गर्ने र कृषकलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले रैथाने बाली फापर, कागुनो, धान, कोदो, जौ, उवालगायतका बालीबाट बनेका परिकार प्रदर्शन गरिएको जानकारी दिए।

नगरपालिकाका प्रमुख लोमन शर्माले रैथाने बाली संरक्षणका लागि किसानलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले पछिल्लो समय खेती नगर्नेको सङ्ख्या बढ्दै गएको बताउँदै कृषि पेसाप्रति आकर्षित गर्न प्रोत्साहन गर्न जरुरी रहेको बताए । रैथाने बालीलाई कम जमिन र लगानीमा गर्न सकिने भएकाले स्थान विशेष ठाउँमा हुने गरी जलवायु अनुकूलित बालीका रूपमा पनि लगाउन सकिने नगरप्रमुख शर्माले बताए। त्यसको बजारीकरणको जिम्मेवारी नगरपालिकाले लिने उनले जानकारी दिए।

नारायण नगरपालिका–२ का गणेशबहादुर थापाले संरक्षण अभियान भनेर प्रदर्शन गरेर मात्र हुँदैन किसानलाई त्यहीअनुसारको बीउ र तालिम दिनुपर्ने बताए । गाेरखापत्र अलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.