रेसु‌ङ्गा नगरको वातावरण संरक्षणमा रामप्रसादको नेतृत्व

| 2023 Sep 23 | 09:45 am 1609

गुल्मी, असोज ६। रेसुङ्गा नगरपालिकाकी उपप्रमुख अमृता देवी कुँवरले नगर विकास तथा वातावरण संरक्षण संस्थाले नगरको वातावरण स्वच्छ राख्न र सरसफाई राख्न उल्लेख्य योगदान गरेको बताएकी छन । संस्थाको दोस्रो अधिवेशनको उद्‌घाटन गर्दै उप प्रमुख कुँवरले विगत लामो समय देखि संस्थाले सदरमुकामको सरसफाई र वातावरण संरक्षणमा गरेको कार्यले नगरपालिकाको काम गर्ने अभियान लाई ठूलो टेवा दिएको बताएकी थिइन । २०६७ सालदेखि निरन्तर सरसफाई अभियानमा लागेको संस्था २०७३ मा विधिवत दर्ता भएर सरसफाई अभियानमा लागेको हो। मानवको स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने फोहरजन्य कुरालाई संस्थाले प्रमुख लक्ष बनाई सरसफाइमा जुटेको छ । सफल व्यवसायी तथा वरिष्ठ समाजसेवी रामप्रसाद पन्थीको नेतृत्वमा सकृय समिति अहोरात्र सर सफाईमा जुटेकै कारण दोस्रो अधिवेशनले पनि पन्थीकै नेतृत्व सर्वसम्मत समिति गठन गरेको छ । वातावरण संरक्षण संस्थाको उपाध्यक्षमा कृष्णप्रसाद भण्डारी महासचिवमा कृष्णप्रसाद पोरप्रेल सचिव घनश्याम पाण्डे कोषाध्यक्ष उमकला पाण्डे र सह कोषाध्यक्षमा सिता आचार्य रहेका छन् । २६ सदस्य समिति र २० वटा टोल समिति गठन गरी सरसफाइ अभियानमा सहय समितिले एक हजार ५ सय ३ घर ७ विद्यालय २३ विन्तिय संस्थालाई सुविधा प्रधान गरेको छ । संस्थाले सरसफाइमा दिएको चासो र अभियानलाई सबैले प्रशंसा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.