रेसुङ्गाका प्रमुखद्वारा विद्युतीय चुल्हो वितरण

| 2023 Jul 10 | 03:50 pm 2213

गुल्मी, असार २५ । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले वातावरणीय सुधारले मात्र स्वास्थ्य सुधार ल्याउन सकिने बताएका छन् । प्रमुख पन्थीले उक्त कुरा रेसुङ्गा नगरपालिका वडा नम्बर ५ मा विद्युतीय चुल्हो वितरण कार्यक्रममा बताएका हुन ।

वातावरणीय सरसफाई तथा जनचेतना कार्यक्रम अन्तर्गत चुल्हो वितरण गरीएको कुरा पनि प्रमुख पन्थीले बताए । नगरपालिकाका १४ वटै वडामा वितरण गर्ने लक्ष्य लिइएको बताउँदै प्रमुख पन्थीले परम्परागत चुल्होका कारण स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावलाई कम गर्न चुल्हो प्रभावकारी हुने कुरा पनि बताए । आमजनतालाई आधुनिक प्रविधिको चुल्होसँग जोड्ने कुरा पनि पन्थीले बताएका थिए । वडाका ४ सय ३० घरधुरीलाइ चुल्हाे वितरण गरिएकाे थियाे । “समुन्नत रेसुङ्गा हाम्रो शान, उत्कृष्ट नगर सबैको पहिचान” भन्ने मुल मन्त्र लिएर नगरपालिकामा स्वास्थ्य शिक्षाका नयाँ नयाँ कार्य भइरहेको पनि पन्थीले बताए ।

यसैगरी मेयर पन्थीले गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) सिप विकास तालिम अन्तर्गत ४५ दिने व्युटी पार्लर तालिम, ५ दिने तरकारी खेती तालिम, ५ दिने सेनेटरी प्याड बनाउने तालिम र १० दिने डल कुसन बनाउने तालिमकाे समापन गर्दै प्राप्त सिपकाे भरपुर प्रयाेग गर्दै बहु आयामिक जीवन बनाउन याे तालिम फलदायी हुने कुरामा आफू आशावादी रहेकाे मेयर पन्थीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.