रेसुंगा क्षेत्रको विकासका निम्ति कछाड बाँधेर लाग्नेः खेमचन्द्र ढकाल

रिपोर्ट नेपाल | 2019 May 06 | 09:46 pm 2744

गुल्मी, वैशाख २३: राष्ट्रपति कार्यलयका धर्म संस्कृति सम्बन्धी विज्ञ खेमचन्द्र ढकालले रेसुंगाको पर्यावरण क्षेललाई यथावत राख्न र त्यस क्षेत्रको विकासका निम्ति लाग्न आग्रह गरेका छन् । रेसुंगा नगरपालिका गुल्मीले जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा आयोजना गरेको रेसुंगाको विकास र पहिचान सम्बन्धी छलफल कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

ढकालले रेसुंगाको गौरब बढाउनका लागि राज्यको तर्फबाट गर्नुपर्ने कार्यका लागि काफू कछाड बाधेरै लाग्ने प्रतिबद्धता व्याक्त गरे । सोमबार रेसुंगा क्षेत्रको अवलोकन गरेर फर्केका ढकालले गौशलला संरक्षणको निम्ति गुरु योजना बनाएर लाग्न आग्रह गर्दै त्यका लागि राज्य तर्फबाट गर्नु पर्ने कार्यहरुमा आफूपनि लाग्ने प्रतिबद्धता व्याक्त गरे ।

छलफल कार्यक्रममा गुल्मी जिल्लाका राजनीतिक दलहरु, रेसुंगा नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरुले रेसुंगा क्षेत्रको विकास गर्न र पर्यटनमा विकास गर्नका लागि त्यस क्षेत्रमा सुबिधा सम्पन्न होटलहरु र यातायातको व्यवस्था गर्दै त्यस क्षेत्रमा रहेका जीवजन्तुहरुलाई पानीको व्यवस्था गर्न सुख्खा पोखरीहरु निर्माण गर्न आग्रह गरेका छन् ।

यता रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले रेसुंगा क्षेत्रको विकासका लागि नगरपालिकाले कार्यहरु गर्दै आएको जानकारी दिदै सुबिधा सम्पन्न होटल र आवास सहितको व्यवस्था गर्ने बताए र रेसुंगा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नका लागि नगरपालिकाले गुरु योजना बनाएरै अगाडी बढने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.