रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

| 2018 Nov 14 | 09:41 am 1739

काठमाडौँ, कात्तिक २८ : ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको महानगरीय प्रहरी वृत्त लैनचौरले उद्धार गरेको छ ।

‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’ अन्तर्गत महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको अभियानमा उनीहरुको उद्दार गरिएको हो ।

महानगरीय प्रहरी वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले ठमेल क्षेत्रका विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन लिइरहेको अवस्थामा बालबालिकाको उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएका अधिकांश बालबालिकालाई मनोपरामर्श दिई अभिभावकको जिम्मा लगाएका प्रहरी नायव उपरीक्षक केसीले बताए ।

डान्सबारमा काम लगाउने युनिक डान्सबार र बेबो डान्सबारका तीन सञ्चालकलाई समेत पक्राउ गरेको छ । उनीहरुलाई बालबालिका ऐन–२०७५ अनुसार कारबाही गरिने केसीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.