रेड पाण्डाको छालासहित पाँच जना पक्राउ

| 2021 Oct 25 | 06:13 pm 1309

काठमाडौं, कात्तिक ८ः दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका ३ घर भई हाल काठमाडौं महानगरपालिका ६ बस्ने २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका ४ घर भई हाल कामनपा ६ बस्ने २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका २ घर भई हाल कामनपा ६ बस्ने २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्चि नगरपालिका २ घर भई हाल काठमाडौं जोरपाटी बस्ने २० वर्षीय सुभाष गिरी र रसुवा गोसाईकुण्ड गाउँपालिका ६ घर भई हाल काठमाडौं गोकर्ण बस्ने २० वर्षीय दावा घले रहेका छन् ।

चावहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित बन्यजन्तु रेड पाण्डाको छाला अवैध रुपमा विक्रि वितरण गर्नका लागि लुकाई छिपाई ल्याई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा हिजो आईतबार चावहिल स्थित रहेको सत्कार क्याफेबाट करिब ९० से.मी. लम्बाई र १५ से.मी चौडाई भएको रेड पाण्डाको छालासहित उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटी गएको टोलीले पक्राउ गरी अवश्यक कारबाहीको लागि सोमबार जिल्ला वन कार्यालय काठमाडौं पठाइएको बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.