रेडियो नेपालको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली व्यारेक फर्कियो

रिपोर्ट नेपाल | 2019 Jan 25 | 07:32 am 1961

डोटी, माघ ११ : विसं २०५८ देखि रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलको सुरक्षार्थ खटिँदै आएको नेपाली सेना आजदेखि आफ्नै व्यारेक फर्किएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको सुरक्षा समितिको बैठकले रेडियो नेपाल दिपायलमा सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि सेना व्यारेक फर्किएको हो ।

सेनाले रेडियो नेपालको सुरक्षार्थका लागि हाल सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ ।

सो बिदाइ कार्यक्रममा सुरक्षामा खटिएर सहयोग गर्ने सेनालाई रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलका प्रमुख विएल चौधरीले धन्यवाद दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.