रेडपाण्डाको छालासहित तीन पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 24 | 06:54 pm 3852

काठमाडौँ , १० असार : नेपाल प्रहरीले रेडपाण्डाको छालासहित आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बौद्धस्थित कैलाश गेष्ट हाउस नजिक रेडपाण्डाको छाला लुकाइछिपाइ राखेको अवस्थामा तीनैजनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरीको विशेष टोलीले सूचनाका आधारमा जाँच गर्दा रेडपाण्डाको छाला एक थान र बा५८प १३७८ नं को मोटरसाइकलसहित सोलुखुम्बुका आङदावा शेर्पा, लाक्पा शेर्पा र आङचिन्डु शेर्पालाई पक्राउ गरेको हो । तीनै जनालाई आवश्यक अनुसन्धानपश्चात् कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.