रेडपाण्डाकाे छालासहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 03 | 04:24 pm 1933

दाङ, कात्तिक १८ः मंगलबार दुर्लभ वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की रहेका छन् ।

उनीहरूलाई प्रहरीले कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर संरक्षित वन्यजन्तु रेडपाण्डाको छालासहित पक्राउ गरेकाे जानकारी दिएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएकाे छ ।

गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेकाे थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.