रेडक्रसको अधिवेशन रोकेर सरकारले अधिनायकवादी लाद्‍याे

रिपोर्ट नेपाल | 2019 May 07 | 04:06 pm 2201

काठमाडौं, वैशाख २४ : विगत लामो समयदेखि सामाजिक कार्यमा सकृय नेपाल रेडक्रसको राष्ट्रिय महाधिवेशन अन्तिम घडीमा रोकिदिएर सरकारले निरंकुशता लादेको धरान पुगेका प्रतिनिधिहरुले बताएका छन् ।

झण्डै एक महिना देखि घोषित महाधिवेशन सुनसरी जिल्लाको धरानमा हुने निश्चित भएको थियो । देशभरबाट २ सय २१ जना र केन्द्रबाट ३२ जना प्रतिनिधि धरान पुगिसकेको अवस्थामा सरकारले प्रमुख जिल्ला अधिकारी मार्फत महाधिवेशन रोकेको थियो ।

एक महाधिवेशन प्रतिनिधिले रिपोर्ट नेपाललाई दिएको जानकारी अनुसार केन्द्रीय अध्यक्ष संजीवकुमार थापाले बदमासी गरेको भए उनी माथि कारबाही हुनुपर्नेमा महाधिवेशन नै रोक्नु निरंकुशताको पराकाष्ट भएको बताए ।

संस्था माथि वा पदाधिकारी माथि अनुसन्धान गर्नुपर्ने थियो भने हप्तादिन अघि रोकिदिएको भए आफूलगायत देश भरका साथीले दुःख पाउने थिएनन् उनको भनाइ रहेको थियो । भ्रष्ट्राचारको अभियोगमा आज मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अध्यक्ष लगायतका पदाधिकारीलाई हाजिर हुन पत्रचार गरिएको थियो ।

रेडक्रस भ्रष्ट्राचारको आग्रह पूर्वाग्रह नभई अनुसन्धान गरियो भने सबै रेडक्रसकर्मी खुसी हुने अर्का प्रतिनिधिको भनाइ रहेको थियो । उनले अगाडी भने भ्रष्ट्राचारको अनुसन्धान गर्नुमा आफूहरुको कुनै गुनासो नभएको तर देशभरबाट आएका प्रतिनिधिलाई भेडाबाख्रा सरह व्यवहार गरेकोमा चित्त दुखेको उनको कथन थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.