काठमाडौँ, जेठ ९ः कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज (मंगलबार) बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।
उनले गएको बुधवार बिहान साढे ८ बजे सगरमाथाको २७ औं पटक सफल आरोहण गरेका थिए । २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औं पटक आरोहण गरेका थिए ।
कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा छन् । उनी २७ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । पासाङदावा (पादवा) शेर्पाले हिजो २७ औं पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । यसअघि पासाङदावा शेर्पा र कामीरिता शेर्पाको सगरमाथा आरोहण बराबरी थियो ।