रूसलार्इ प्रतिबन्ध लगाउन अमेरिकाको तयारी

रिपोर्ट नेपाल | 2018 Aug 10 | 09:48 am 2052

वासिङटन, साउन २५: पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ।

बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको हो। तर रुसले भने आक्रमणमा संलग्नता नरहेको बताउँदै आएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नार्टले रुसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै रासायनिक हतियारको प्रयोग गरेकाले रूसमाथि प्रतिबन्ध लगाइने बताए। प्रतिबन्ध आउँदो अगस्ट २२ देखि लागू हुने जानकारी उनले दिए। यो प्रतिबन्ध इलेक्ट्रिोनिक सामान र अन्य प्रविधिहरु निर्यातसँग सम्बन्धित हुने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.