रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलीबारी

रिपोर्ट नेपाल | 2019 Dec 20 | 09:28 am 2004

एजेन्सी: रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलीबारी भएको छ ।

रूसी सञ्चार मध्यामका अनुसार यो घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार स्वचालित हतियारबाट फायरिंग गर्ने बन्दूकधारीलाई सुरक्षाकर्मीले गोली प्रहार गर्दा उनको मृत्यु भएको छ । प्रहरीले उक्त इलाकालाई घेराबन्दी गरेको छ र आसपासका मानिसहरुलाई भवनबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

एफएसबी रूसको मुख्य सुरक्षा एजेन्सी हो । आक्रमण शुरु हुँदा त्यस्तो आक्रमणमा तीन बन्दुकधारीसंलग्न रहेको समाचार आएका थिए । तर सुरक्षा अधिकारीहरुले सो समाचारको खण्डन गरेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.