रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्रलाई भण्डारीद्वारा स्वास्थ्य सामग्री प्रदान

रिपोर्ट नेपाल | 2020 Jul 02 | 05:16 pm 3512

गुल्मी असार १८, रुपाकोट स्थायी घरभई हाल होटल कालिका, बागबजार, काठमाडौंमा व्यबसाय गर्दै आएका समाजसेवी लक्ष्मण भन्डारीले रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्र, चन्द्रकोट- ७, सोतालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

No description available.

चन्द्रकोट गाउँपालिका वडा ७ का वडाध्यक्ष लक्ष्मी प्रसाद भन्डारीको उपस्थितिमा होटल व्यबसायी तथा समाजसेवी लक्ष्मण भन्डारीकी आमा नन्दकला भण्डारी मार्फत रुपाकोट सामुदायिक स्वास्थ्य केन्द्रलाई पिपिइ ३ थान, स्यानिटाइजर , N95 मास्क, सर्जिकल मास्क र थर्मल गन १ थान प्रदान गरेका थिए।

No description available.

उक्त्त कार्यक्रममा वडाध्यक्ष भन्डारीले होटल व्यबसायी तथा समाजसेवी लक्ष्मण भन्डारीलाई धन्यवाद ज्ञापन गर्दै कोभिड १९ को महामारीमा यो उदाहरणीय कार्यले ठूलो सहयोग पुर्‍याउने बिश्वास ब्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.