रुपन्देहीमा बम विस्फोट र शंकास्पद वस्तु फेला स्थानीय त्रासित

रिपोर्ट नेपाल | 2019 Apr 18 | 09:05 am 2120

रुपन्देही, वैशाख ५: नेत्रविक्रम चन्द नेतृत्व विप्लव नेकपाले आब्हान गरेको नेपाल बन्दको प्रभाव रुपन्देहीमा परेको छ। बिहीबार बिहान करिब ३ बजेतिर रुपन्देहीका ३ ठाउँमा बिस्फोट भएको बुझिएको छ।

जिल्लाको सैनामैनामा ठूलो आवाज सहित बम विस्फोट भएको तेस्तै देवदहको धकधैइमा पनि बिहान ४ः ३० बजेतिर ठूलो आवाज सहित विस्फोट भएको एक स्थानीयले बताएका छन ।

यसैगरी भैरहवा बाट बुटवल तर्फ आउदै गरेको यात्रुबहाक बसमा पेट्रोल बम प्रहार भएको बताइएको छ। कन्चन गाउँपालिका परिसरमा शंकास्पद वस्तु फेला परेको र प्रहरीसहित डिस्पोजल टोलि त्यसतर्फ गएको बुभिएको छ।

त्यस्तै रुपन्देहीको कोटीहवा नजिकै (टाईगर प्यालेस जाने बाटोमा) शंकास्पद वस्तु भेटिएको छ । आर्मीको टोलीद्वारा उक्त वस्तु डीस्पोज गरिएको बताइएको छ ।

देशका विभिन्न स्थानहरुमा शंकास्पद वस्तुहरु फेला परेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.