बुटवल, माघ १४: मंगलबार बिहान तीन वटा ट्रक आपसमा ठोक्किँदा रूपन्देहीको रोहिणीमा तीन जनाको मृत्यु भएको छ भने नौं जना घाइते भएका छन् ।
भैरहवाबाट परासी जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रकमा एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार उक्त दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाएको र मृतक कसैको पनि पहिचान भइनसकेको जनाएको छ । सोही दुर्घटनामा परी अन्य ९ जना घाइते भएका छन् । घाइते मध्ये ४ को अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका इन्स्पेक्टर केशव ज्ञवालीले जानकारी दिए ।
उक्त दुर्घटना बाक्लो हुस्सु र कुहिरोको कारणले भएको प्रहरीले अनुमान गरिए पनि वास्तविक कारण खुलेको छैन ।