रुख ढालेर अध्यक्ष ओलीकाे अवरोध

| 2023 Apr 27 | 04:21 pm 957

इलाम, बैशाख १४ः मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बाटो अवरुद्ध गरिएको छ।

बिहीबार ओली सूर्योदय नगरपालिकाबाट इलाम बजारको कार्यक्रममा जाँदै गर्दा प्रदर्शनकारीहरुले मेची राजमार्गको इलाम नगरपालिका-१० गोदक खण्डमा रुख ढालेर बाटो अवरुद्ध गरेका हुन्।

अहिले इलाम बजारमा पनि प्रदर्शनकारीहरुले विरोध गरिरहेका छन्। तर,ओली भने अर्कै बाटो प्रयोग गरेर कार्यक्रममा पुगीसकेका छन्।

बुधबार अध्यक्ष ओली झापाको बुधबारेस्थित एक कार्यक्रममा सहभागी हुन जाँदा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेका थिए।

अध्यक्ष ओलीले सम्बोधन गर्ने झापा स्थित बुद्ध शान्ति गाउँपालिकाको कार्यक्रम स्थलतर्फ जाने क्रममा उनीहरूले कालो झण्डा देखाई ओलीको सवारी रोक्ने प्रयास गरेका थिए। सो क्रममा उनीहरूले अध्यक्ष ओलीको सवारी माथि ढुंगा मुडा प्रहार गरेपछि कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका सो समूह र प्रहरीबीच झडपको स्थिति सिर्जना भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.