रुख ढलेर चितवनमा दुई वटा ट्रक च्यापिए

| 2022 Aug 02 | 03:17 pm 1905

चितवन, साउन १७ः भरतपुर महानगरपालिका वडा नं १ स्थित पोखरा बसपार्क नजिकै एउटा सिसौको रुख ढलेर दुई वटा ट्रकमा क्षति पुगेको छ।

आज पौने एक बजेको समयमा ग १ ख ३३२६ र ना १ क ३२९६ नं को ट्रकमा रुख ढलेर क्षति पुगेको हो। प्रहरीका अनुसार मानवीय क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालयबाट २ किलोमिटर उत्तरमा पर्ने त्यस स्थानमा सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ।

वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा गइसेको छ। नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी सहितको टोलीले रुख काटेर अवरुद्ध भएको बाटो खुलाउने प्रयास गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.