धनकुटा, भदाै २ः बिहीबार रुख काट्ने क्रममा रुखले किची एकको मृत्यु भएकाे छ । मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका ५ पर्यावदिन बस्ने वर्ष २८ को मन कुमार राई रहेका छन् ।
उनकाे रुख काट्ने क्रममा सोहि रुखले किची मृत्यु भएको भनि प्रहरी चौकी सिधुवा धनकुटामा खबर प्राप्त हुनसाथ तत्काल प्रहरी सहायक निरीक्षककाे कमाण्डमा टोलि खटी गई घटनास्थल सुरक्षित राखिएकाे थियाे । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायब उपरीक्षककाे कामाण्डमा टोली खटी गएको बताइएकाे छ।