अछाम, भदौ २६ः बिहीबार रुखले च्यापिएर अछाममा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कमलबजार नगरपालिका–४ चाल्साकी २१ बर्षीया निशा थापा रहका छन् ।
दाउरा ल्याउन वनमा गएकी निशाको दाउराको मुढाले शरीर च्यापी मृत्यु भएको हो । उनको सल्लाको मुढाले घाँटी थिचिएर घटनास्थलमै मृत्यु भएको उनका भाइ जनक थापाले जानकारी दिए ।
दाउराको मुढा मोटो रहेको र घाँटीमा थिचेर घटना स्थलमै ज्यान गएकाले उपचारको पहल नै गर्न नसकिएको परिवारले जनाएको छ ।
मृतक थापा जाल्पादेवी मावि कमलबजार–८ ढाँकुमा कृषि जेटिएमा अध्ययनरत गर्दै गरेकी अछाम प्रहरीले जनाएको छ ।