दाङ, भदाै २५: मंगलबार दाङमा अचानक रूख ढल्दा किचेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्री रहेका छन् ।
उनी विद्यालयवाट घर फर्कदै गर्दा मंगलबार अपरान्ह रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिए।
रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।